|

चितवन : भू–संरक्षण कार्यालय स्याङ्जाका अधिकृत कमलप्रसाद गौतम चितवनको रामनगर जंगलमा मृत भेटिएका छन्। भरतपुर उपमहानगरपालिका–१ स्थित रामनगर जंगलमा डोरीको पासो लगाई रुखमा झुण्डिएको अवस्थामा गौतमको शव साेमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका उपरीक्षक दिपक थापाले जानकारी दिए।

उनको परिवारलाई खबर गरेको र मंगलवार बिहान घटनास्थलमा मुचुल्का उठाउने प्रहरीले जनाएको छ। गौतम यही पुस १८ गतेदेखि सम्पर्कविहीन भएका थिए।

मुग्लिनसम्म मोबाइल फोनको ‘लोकेसन’ भेटिएकाले चितवन प्रहरीलाई जानकारी आएपछि खोजी शुरु गरिएको थियो। उनको एउटा गोजीमा मोबाइल र अर्काे गोजीमा सिम फेला परेको छ। हुलिया र मोबाइलको आधारमा गौतमको पहिचान भएको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.