|

काठमाडौं : हिजोमात्रै नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारस खड्का तेजाव आक्रमणबाट घाइते मुस्कान खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन्। 

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले पीडकलाई सरकारले कडा कारबाही गर्नुपर्ने समेत गरेका छन्।  उनले भनेका छन्, 'मुस्कानको ओठमा मुस्कान नटुटोस्। मुस्कुराउने हिम्मत प्राप्त भइरहोस्।'

सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सार्वजनिक गरेका पारसले आफूहरु सबै मुस्कानको पक्षमा रहेको उल्लेख गरेका छन्। मुस्कानलानई भेट्न क्रिकेटर सोमपाल कामी पनि कीर्तिपुर अस्पताल पुगेका छन्।

नौ कक्षामा अध्ययनरत वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुनमाथि भदौ २० गते आफ्नै घर नजिकै दुई युवाले तेजाव आक्रमण गरेका थिए।

तेजावले उनको अनुहार, हात र छातीमा गहिरो चोट लागेको छ। अनुहारको एउटा पाटो पुरै डढेको छ। यसअघि चर्चित गायक राजु लामाले कीर्तिपुर अस्पतालमै पुगेर मुस्कानलाई भेटेका थिए। भारतीय कलाकारहरू वरूण धवन र कृति सेननले पनि मुस्कानलाई सन्देश पठाएर हौसला बढाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.