|

ओखलढुंगा : जिल्लाका ८ वटै स्थानीय तहको केन्द्रमा खानेपाानी अभाव रहेको छ। प्राय सबै  स्थानीय तहका  केन्द्रहरुका भौतिक संरचना नयाँ स्थानमा र प्राय सबै स्थानीय तहरुका केन्द्र पहाडको मााथिल्लो भागमा निर्माण भएका कारण  खानेपानी अभाव भएको हो।

जिल्ला सदरमुकाम तथा सिद्धिचरण नगरपालिकाको केन्द्र रहेको ओखलढुंगा बजार, मानेभञ्ज्याङ गाउँपाकिाको केन्द्र मानेभञ्ज्याङ बजार, खिजिदेम्वाको केन्द्र खिजीफलाटे बजार, सुनकोशी गाउँपालिकाको केन्द्र मूलखर्क, चम्पादेवीको केन्द्र ताप्केडाँडा, चिसंखुगढीको केन्द्र शेर्नाबेसी, लिखुको  केन्द्र यसम तथा मोलुङ गाउँपालिकाको केन्द प्राप्चा सबै स्थानमा खानेपानीको  अभाव छ।

मोलुङ गाउँपालिकाको केन्द्र प्राप्चामा नजिकै रहेको गैरावारी खोल्साबाट पानी ल्याई समान्य गर्जो टार्न सफल भए पनि भोलिका दिनमा बस्ती विकाससँगै केन्द्रमा खानेपानी अभाव हुने देखएिको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए। केन्द्रमा ल्याइएको खानेपानीका लागि आफूहरूले सामान्य मर्मतका  लागि दुई लाख बजेट विनियोजन गरिएको भए पनि पर्याप्त नभएको उनको भनाइ छ।

सदरमुकाममा बर्षेनी बस्ती बढेसँगै खानेपानी अभाव भई नै रहेको छ। जिल्लाको उत्तरी पश्चिमी भागमा रहेको खिजिदेम्बामा पनि खानेपानीको अभाव रहेको छ गाउँपालिका केन्द्रमा पर्याप्त मात्रामा खानेपानी पुर्‍याउन आफूहरू  लागिपरेको गाउँपालिका प्रमुख बेदबहादुर रोकाको भनाइ छ।

सदरमुकाममा खानेपानीको  अभाव झेलिरहेको अवस्थामा सदरमुकामवासीको तिर्खा मेटाउने उद्देश्यले निर्माण थालिएको सहलगानी आयोजना नेपाल सरकारको ७० प्रतिशत, स्थानीय उपभोक्ताको १० प्रतिशत् नगद र जनश्रमदान २० प्रतिशत गरी ७ करोड ७८ लाख रुपैयाँमा निर्माण भइरहेको छ।

खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत सञ्चालन भएको यो आयोजना निर्माणको जिम्मा २०७७ साल असारमा तीन वर्षभित्र सक्ने गरेर सगरमाथा घिमिरे निर्माण सेवा प्रालिले लिएको छ।

पछिल्लो समय २०२६ सालमा निर्माण गरिएको तारेभीर, ह्याकुले तथा पखाले मुहान र २०४० सालमा निर्माण गरिएको भुजापाते मुहानबाट थोपाथोपा पानी संकलन गरेर सदरमुकाम ल्याइएको भए पनि पुरानो आयोजना जीर्ण भएपछि नयाँ आयोजनाको काम थालिएको हो।

निर्माणाधीन आयोजनाले बढ्दो सहरीकरणका कारण खानेपानीको चरम अभाव झेल्दै आएका सदरमुकामवासीलाई राहत दिने खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ओखलढुंगाका सचिव रुपेश शाक्यले बताए। सदरमुकामभन्दा १२ किलोमिटर टाढा चिशंखुगढी गाउँपालिकाको माम्खास्थित ठोट्ने खोलामा नयाँ मुहान निर्माण गरेर सहलगानी आयोजनाले सदरमुकाममा खानेपानी झार्नका लागि खानेपानी आयोजना निर्माण थालेको हो।

अहिले आयोजनाको मुहान क्षेत्रमा कलेक्सन चेम्बर निर्माण र सदरमुकामसम्म पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठको भनाइ छ। आयोजनाले फिल्टर ट्यांकी र उपभोक्ता समितिको भवन विस्तारै निर्माण गरेर भए पनि आउँदो असोजभित्रै हाल सञ्चालन भइरहेको खानेपानी ट्यांकीमा पानी झार्ने योजना रहेको उनको भनाइ  छ।

मानेभञ्जयाङ गाउँपालिकाको केन्द्रलगायत अधिकांश स्थान र चिसंखुगढी गाउँपालिकाको सबै वडामा गाडीबाट पानी ल्याएर वितरण गर्नुपर्ने अवस्था रहेको छ। सुनकोशीको वडा नं. १, २, ३, ४ लगायतका स्थानमा खानेपानी अभाव रहेको स्थानीय बताउँछन्।

लिखुमा लिफ्टिङ्गबाट खानेपानी

लिखु गाउँपालिकाको वडा नं. १, २ र चम्पादेवी गाउँपालिकाको  वडा नं. १, २, ३ मा  लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना संचालन हुने भएको छ। गाउँपालिकाको सबैभन्दा सुक्‍खाग्रस्त क्षेत्रमा लिफ्टिङ प्रणालीबाट खानेपानी वितरणका लागि आयोजना संचालन गरिने भएको हो।

लिखु खोलाको शिल्खु बेसी र नौबिसेको बीचदेखि सिंहदेवीको भोल्टकोटसम्म १.५ किलोमीटर माथि पानी ल्याउन १४ करोड २१ लाखको बृहत परियोजना प्रतिबेदन तयार भएको र यो आर्थिक वर्षमा एक करोड प्रदेश सरकारबाट विनियोजन भइसकेकोले काम सुरु भएको स्थानीय शिव खड्काले बताए।

चैत मसान्तसम्म पलापुमा लिखुको पानी

चम्पादेवी गाउँपालिकाले हरेक जनताको घरघरमा पानीको धारा पुर्‍याउने लक्ष्यका साथ लिखु खोलाको शिल्खु बेसीदेखि पलापुको मण्टुडाँडासम्म १.५ किलोमिटर माथि पानी ल्याउने भएको छ।

  गाउँपालिको ५ करोड ६५ लाख रुपैयाँको खानेपानी योजना पलापुमा निर्माण सम्पन्न भएपछि वडा नं. १ र २ का १ हजार १ सय १५ परिवारका ९ हजार बढी स्थानीयले खानेपानी प्रयोग गर्नेछन्। ०७६ को चैत मसान्तसम्म पलापुमा लिखुको पानी ल्याइने र हरेक जनताको घरघरमा खानेपानी पुर्‍याइने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.