आचार्यको पसिना, पन्तको नि:शुल्क सदस्यताको एजेण्डा

|

काठमाडौं : गैर-आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट नेतृत्वमा आउनका लागि उम्मेदवारहरूले अन्तिमपटक मतदाता फकाउन केन्द्रित भएका छन्। चुनावी माहोल बढाउन एकपछि अर्को उम्मेदवार बोकेर समर्थकहरूले मतदाता भएको क्षेत्रमा घुमाउने गरेका छन्। 

विशेष गरी अध्यक्षका दुई उम्मेदरा कुल आचार्य र कुमार पन्तका समर्थकहरू आफ्नो उम्मेदवार बोकेर एकपछि अर्को उम्मेदवारलाई परिक्रमा गराएका छन्। एउटाको परिक्रमा सकिएसँगै अर्का पक्षका समर्थकले आफ्नो उम्मेदवारलाई परिक्रमा गराएको देखिएको छ। 

भाइटल पोष्टहरूमा यस निर्वाचनमा प्यानललाई देखिएको छ। एनआरएनको निर्वाचनामा बढी राजनीति लागेको भन्दै पूर्वअध्यक्षहरूले असन्तुष्टि जनाएका छन्। कुमार पन्तलाई नेपालको सत्ता पक्षीय वा कम्युनिष्ट समर्थक भनिएको छ भने कुल आचार्यलाई कांग्रेस समर्थक भनिएको छ। तर, पन्तका प्यानलमा तीन  उपाध्यक्ष, महासचिव कोषाध्यक्ष कांग्रेस समर्थक नै रहेको जनाइएको छ। 

त्यस्तै देशगत रूपमा पनि आफ्ना उम्मेदवाहरू जिताउन सम्बन्धित देशका एनआरएन पदाधिकारीहरू केन्द्रित भएका छन्। चौरमा आफ्ना प्रतिनिधिहरूलाई बोलाएर हाम्रो देशबाट यो हुनुहुन्छ उहाँहरूलाई जिताउन अन्त स्वविवेक प्रयोग गर्नु भन्दै सम्झाइबुझाई गरिएको छ। 

अध्यक्षका दुई उम्मेदवारहरूले नै आफू जितेमा आफ्नै अध्यक्षतामा कमिटी  बनाएर नेपालमा लगानी भित्र्याउन पहल गर्ने बताएका छन्। त्यस्तै अध्यक्षका उम्मदेवार पन्तले मतदातलाई सदस्यता पञ्जीकरणको सवालमा निशुल्क गराएर व्यवस्थित गर्ने जनाएका छन्। अर्का उम्मेदवार आचार्यले पसिना फन्ड बनाइ त्यसमार्फत समस्यामा पर्ने एनआरएनलाई सहयोग गर्ने र नेपालका परियोजनामा पनि लगानी गर्ने योजना अघि सारेका छन्।

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.