काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो।
मध्यान्ह १२ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले शुभकामना मन्तव्य दिए। अध्यक्षद्वयले चियापानका लागि १ लाखलाई निमन्त्रणा कार्ड पठाएका थिए। जसमा दलका नेता, संवैधानिक तथा अन्य सरकारी अंगका प्रमुख, पत्रकार, नेपालस्थित विदेशी कूटनीतिज्ञ र नेकपाका कार्यकर्ता तथा सर्वसाधरणको भृकुटीमण्डपमा बाक्लो भीड लागेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।