|

धनुषा :  केही वर्ष अघिसम्म घरायसी आवश्यकता धान्न मात्र खेती गर्दै आएका धनुषा जिल्ला पुष्वलपुरका ५० वर्षीय रामरिझन महतो दम्पती अहिले व्यावसायिक तरकारीमा लागेको छ। रामरिझनले आफ्नो ५ बिघामध्ये १० कठ्ठा जमिनमा भण्टा लगाएका छन्। ‘सबै खर्च कटाएर एक सिजनमा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ’ उनले भने। 

धनुषा दिगम्बरपुरकै अर्का किसान ६० वर्षीय देवशरण महतोले ४ बिघाभन्दा बढी जग्गामा काउली, भण्टा, सुथनी लगायतका तरकारी लगाएका छन्। १५ कठ्ठा जग्गामा लगाएको काउली बेचेर फेरि काउली लगाउने तयारीमा जुटेको उनी बताउँछन्। 

रामरिझन र देवशरणजतै उत्तरपूर्वी धनुषाका दुई दर्जन गाविसका ५ हजार ५६ हेक्टर भन्दा बढी जग्गामा हिउँदे तरकारी खेती हुँदै आएको छ। माग अत्यधिक रहेका कारण राम्रो आम्दानी हुन थालेपछि १५ हजारभन्दा बढी किसानले व्यावसायिक तरकारी खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले बताए। कार्यालयका अनुसार यो वर्षको हिउँदमा ६३ हजार २ सय मेट्रिक टन तरकारी उत्पादन गरेर यहाँका किसानहरूले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.