|
फाइल तस्विर

जनकपुरधाम : विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ।

राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। सांसद साह पक्राउको विरोधमा कात्तिक २ गते शनिबार धनुषा जिल्ला बन्द गर्ने निर्णय गरिएको राजपा जिल्ला संयोजक प्रमोद यादवले जानकारी दिए। उनका अनुसार बिहीबार नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई र गृहमन्त्री रामबहादुर थापाको पुतला दहन गर्ने निर्णय भएको छ।

यस्तै कात्तिक १ गते साँझ मशाल जुलुस निकाल्ने राजपाले जनाएको छ। सांसद साहमाथि दर्ता भएको मुद्दा फिर्ता नलिइए अझ कडा आन्दोलन गर्ने राजपा जिल्ला संयोजक यादवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.