|

अर्घाखाँची :  गुल्मीमा मंगलबार दिउँसो खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। 

मुसिकोट नगरपालिका ५ कलबिरा टोलका २१ वर्षीय दीपक विकको शव बुधवार दिउँसो चन्द्रकोट गाउँपालिका ८ बडिघाटको सिस्नेखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिङ खड्काले बताए।

सुरक्षाकर्मी र स्थानीयले खोज्दै जाने क्रममा खोलाको किनारमा विकको शव फेला परेको हो। खोलाले बगाएर बेपत्ता भएकी त्यही ठाउँकी पाँच वर्षीया गरिमा विकको शव अझै फेला परेको छैन। उनको खोजी जारीरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.