|

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–५ मा माटो खनिरहेका बेला ढिस्को खस्दा पुरिएर घाइते एक बालिकाको मृत्यु भएको छ। ढिस्कोमै पुरिएर घाइते दुई महिला गम्भिर घाइते भएका छिन्।

घर लिपपोतका लागि माटो खन्न गएका बेला खसेको ढिस्कोमा पुरिएर घाइते धनुषाधाम नगरपालिका–२ का श्रीप्रसाद यादवकी १३ वर्षीया छोरी अञ्जली यादवको मृत्यु भएको हो। घाइते अञज्लीको उद्धार गरी जनकपुर अञ्चल अस्पताल लगेपनि उपचारको क्रममा मृत्यु भएको स्थानीय विनय यादवले जानकारी दिए।

उनका अनुसार ढिस्कोमा पुरिएकी सोही ठाउँका राजकिशोर यादवकी श्रीमति रिंकु यादव र गणेश महतोकी छोरी ममता महतोको अहिले जनकपुर अञ्चल अस्पतालमै उपचार जारी छ। आज विहान खसेको ढिस्को स्थानीयले थाहा पाएपछि कादालोले माटो हटाएर उनीहरुलाई उद्धार गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.