|

काठमाडौं : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८३ औं जन्मजयन्ती मंगलबार बिभिन्न कार्यक्रम गरी मनाइँदैछ। विष्टको बि.सं. १९९० पुस २६ गते जन्मिएका विष्टको स्मृतिमा उनको जन्मथलो मकवानपुरको पालुङका युवाहरुले सप्ताहव्यापी थाहा दिवस मनाइरहेका छन्।

मंगलबार थाहा नगरमा विष्टको स्मृतिमा हुने कार्यक्रमको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उद्घाटन गर्दै छन्। रुपचन्द्रको थाहा दर्शनलाई फैलाउन र नयाँ पुस्तामा यसको महत्व प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गर्न थालिएको कार्यक्रम संयोजक यादवजंग रायमाझीले बताए।

त्यसो त रुपचन्द्र स्यमंले जन्मजयन्ती र जन्म दिवसजस्ता कुरामा कहिल्यै कुनै पनि प्रकारको चासो दिएको पाइदैन। उनको भनाइ थियो ‘जन्मले कोही ठूलो–सानो हुँदैन, कामले हुन्छ।’

पञ्चायतकालमा जनपक्षीय मुद्दाहरु उठाएर लोकप्रिय बनेका विष्ट शासन र शोषणरहित समाजको पक्षपाती थिए। जनमतमार्फत पटक–पटक राष्ट्रिय पञ्चायतको सदस्यसमेत बनेका रुपचन्द्र आजीवन सरकारमा भने गएनन्।

त्यतिखेरको शासन व्यवस्था र पञ्चायती शैलीप्रति उनको चर्को विमति थियो। गरीबको राजनीति धनीले, श्रमिकको राजनीति पूँजीपतीले र महिलाको राजनीति पुरुषले गरिदिएर नहुने बताउने विष्ट जनताले आफ्नो व्यवस्था आँफै गर्न पाउनुपर्ने बताउँथे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.