|

सिरहा : जिल्लाको मुख्य बजारको रुपमा चिनिने गोलबजारबाट प्रहरीले एक महिना नबित्दै पुनः ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको विशेष टोलीले गोलबजार नगरपालिका ५ असनपुरस्थित दुर्गा यादवको कुखुरा फर्ममा लुकाइएको चार सय ३० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको हो। गोलबजार नगरपालिका ६ डोहोटियाका २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतोलाई प्लाष्टिकको पोकामा प्याक गरिएको ब्राउन सुगरसहित पक्राउ गएिको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरु चढेको स.३ प ७६०८ नम्बरको मोटरसाइकल समेत बरामद गरी आवश्यक कारबाहीका लागि गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।

पटकपटक गोलबजारबाट ब्राउन सुगर समातिँदै

यसअघि प्रहरीले पछिल्लो भदौ २४ गते गोलबजार ६ लक्ष्मी मन्दिर नजिकैबाट चार दशमलव पाँच ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले स्थानीय स्थानीय राहुल भनिने जीवछ साहको घर कोठाभित्र तरकारी बेच्ने क्यारेटमा बिक्री वितरण गर्न लुकाएर राखिएको ब्राउन सुगरसहित घरधनी जीवछ, स्थानीय १९ वर्षीय राजन विश्वकर्मालाई पनि पक्राउ गरेको थियो। 

प्रहरीले त्यसअघि गोलबजार क्षेत्रबाट खैरो हिरोइन र ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। गोलबजार नगरपालिका ६ डोहोटियाबाट प्रहरीलेमा पछिल्लो भदौ ११ गते करिब आठ ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो।

गोलबजार ६ डोहोटियाको एक घरमा ९० पोकामा प्याक गरी लुकाएर राखेको ब्राउनसुगरसहित प्रहरीले घरधनी २२ वर्षीय बीरेन्द्र यादव र २१ वर्षीय भरत पासवानलाई पक्राउ गरेको थियो। पछिल्लो असार २३ गते गोलबजार ५ बाट ६ ग्राम तीन सय मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.