विश्व

आइभोरी कोष्टमा प्रहरी र अर्धसैनिक बलका प्रमुख बर्खास्त
SHARES

पुस २६, २०७३

    आइभोरी कोष्टका राष्ट्रपति अलास्साने ओउट्टाराले सेना, प्रहरी र अर्धसैनिक बलका प्रमुखलाई बर्खास्त गरेका छन्।

    राष्ट्रपति कार्यालयले वक्तव्य निकाली सेना प्रमुख सोउमाइला बाबायोको, अर्धसैनिक बलका कमान्डर जर्भाइस कोआस्सी र प्रहरी महानिर्देशक ब्रेडोउ एम्बिआलाई तत्कालदेखि लागू हुने गरी जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ।

    उनीहरुलाई पदबाट हटाउनुको कारण उल्लेख नगरिएको बिबिसीले जनाएको छ। तर दुई दिने सैनिक बिद्रोहलाई लिएर जिम्मेवारी निर्वाहमा असफल भएकाले पदबाट हटाइएको हुनसक्ने अनुमान गरिएको छ।

    प्रधानमन्त्री डेनियल कब्लान डन्कनको राजिनामा आएको केही घण्टापछि नै सुरक्षाप्रमुखहरुलाई पदमुक्त गरिएको हो। तीनवटै सुरक्षा अंगमा उपप्रमुखलाई जिम्मेवारी दिइएको समाचारमा जनाइएको छ।

    बोनस र अरु सेवा सुविधाको ग्यारेन्टी हुनुपर्ने माग गर्दै असन्तुष्ट सैनिकले गएको शुक्रबार आइभोरी कोष्टको बोआके शहरबाट शुरु गरेको विद्रोहमा अरु शहरका सैनिक समेत सामेल भएका थिए। उनीहरुले राजधानी अबिद्जानमा रहेको सैनिक मुख्यालय नियन्त्रणमा लिनुका साथै वार्ताका लागि गएका रक्षामन्त्रीलाई बन्धक बनाएका थिए। सरकार मागमा सहमत भएपछि दुई दिने बिद्रोह टुंगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]