|

बागलुङ : नेत्रविक्रम चन्द विप्लव समूहका म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य अदालतबाट पक्राउ परेका छन् । 

जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहीबार दिउँसो पुनः पक्राउ गरेको हो । उनीहरुलाई राज्यविरुद्ध अपराध गरेको आरोप लगाइएको छ । 

दशैँअघि उच्च अदालत बागलुङले उनीहरुलाई छाड्न आदेश दिएको थियो । आदेश पालना गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहिवार उनीहरुलाई जिल्ला अदालत बागलुङ ल्याएको थियो । उनीहरु यसअघि म्याग्दी कारागार थिए । 

राज्यविरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते उनीहरु पक्राउ परेका थिए । जिल्ला अदालत म्याग्दीले दुवैजनालाई जनही ३५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न दिएको आदेशविरुद्ध उच्च अदालत पोखराको बागलुङ इजलासले धरौटी समेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। 

जिल्ला अदालत बागलुङमा पनि रहेको मुद्दामा भने उनीहरुलाई जनही १० हजार धरौटी मागिएको थियो । 

धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्न समेत नदिई उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले स्याङ्जामा उनीहरुको मुद्दा भएकोले उता बुझाई दिने बताए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.