चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको शाख बढ्यो

|

गोरखा : समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि तयार नभएको भन्दै सरकारबाट बाहिरिने बताएका छन्।

‘सरकारको डेढ वर्षको अवधि सकिसक्यो। प्रधानमन्त्रीले संविधान संशोधन गर्ने चासो देखाइरहनु भएको छैन', गोरखाका पत्रकारसँग बिहीबार कुरा गर्दै डा. भट्टराईले भने, संविधान संशोधनको पहल गर्नुको साटो प्रधानमन्त्री उल्टै यसरबारे कुरा गर्ने कुरालाई दिनदिनै गाउने गीत जस्तो भयो’ भन्दै व्यंग्य र छेडखानी गर्नुहुन्छ।’

सरकारबाट बाहिरिएर जनमत तयार गरि आन्दोलनमा उत्रिने तयारीमा समाजवादी पार्टी रहेको उनको भनाई छ। संविधान संशोधनका लागि नै स-शर्त सरकारमा गएकाले सर्त पूरा नभए टाँसिइरहने स्वार्थ नभएको उनको भनाई छ। 

वर्तमान सरकारलाई संविधान संशोधनका लागि दुईतिहाइ पुर्‍याउन सत्ता समीकरणमा साथ दिएको भन्दै उनले अहिलेसम्म संशोधनको पहल नभएकाले सत्तामा बसिरहनुको औचित्य समाप्त भइसकेको पनि भट्टराईले जिकिर गरे।

सरकारबाट बाहिरिनेबारे पार्टीको केन्द्रीय बैठकले अन्तिम निर्णय गर्ने पनि भट्टराईले बताए। ‘छिट्टै पार्टीको बैठक बसेर सरकारबाट बाहिरिएको निर्णय गर्नेछ’, उनले भने। त्यस्तै भट्टराईले राजपा राष्ट्रिय जनतापार्टीसँग एकताको तयारी भइरहेको खुलाए। उनले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको शाख बढेको पनि दाबी गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.