|

पोखरा : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन अहिले काठमाडौँमा चलिरहेको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि निर्वाचन पनि भइरहेको छ। निर्वाचनमा कुमार पन्त र कुल आचार्यले आफ्नो टिम बनाएर निर्वाचनमा होमिएका छन्। यही निर्वाचनमा वडाअध्यक्षले पनि मतदान गरेका छन्।

पर्वत पैयूँ गाउँपालिका ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले मतदान गरेका हुन्। उनले जापानबाट एनआरएनको प्रतिनिधि बनेर मतदान गरेका हुन्। उनी तत्कालीन नेकपा एमालेबाट उमेदवार बनेर वडा अध्यक्ष निर्वाचित भएका हुन्। उनी वडाको कामलाई थाती राखेर अधिकांश समय जापानमा परिवार भेट्न जाने गरेका थिए।

जापानबाट नेपाल आएका बेला गाउँ कार्यपालिकाको बैठकमा सहभागी हुन पुगेका वडा अध्यक्ष श्रेष्ठलाई गाउँपालिकाले स्पष्टीकरणसमेत सोधिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.