|

काठमाडौं : बुधबार बिहान विरामी भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको अवस्था गम्भीर र स्थिर रहेको छ।

उनी भर्ना भएको चाबहिलको ओम अस्पतालले कोइरालाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको जानकारी दिएको छ।

बुधबार बिहान साढे ५ बजे अस्पताल भर्ना हुँदा उनको रक्तचाप ६०/४० एमएम र रगतमा अक्सिजनको मात्रा ६९ प्रतिशत मात्र थियो। अस्पताल आउँदा उनलाई वान्ता र स्वासप्रस्वासमा समस्या पनि थियो। त्यसपछि मेकानिकल भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालका डा. हरिकिशोर श्रेष्ठले जानकारी दिए।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार उनको अहिले रक्तचाप ९०/६० र रगतमा अक्सिजनको मात्रा ९८ प्रतिशत रहेको छ। उनी अहिले पनि भेन्टिलेटरकै सहायतामा रहेको अस्पतालले जनाएको छ। कोइरालाको छातीको एक्सरे पनि गरिएको छ।

कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस लगायत बिभिन्न पार्टी नेताहरु अस्पताल पुगेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.