पत्रकारमाथि कुटपिट गर्ने दुईजना नियन्त्रणमा

|

धनगढी : बाजुराको बुढीनन्दा नगरपालिका १ का वडा अध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरिरहेका बुढी नन्दा नगरपालिका १ का वडा अध्यक्ष नृपराज खत्रीसहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा वडा अध्यक्ष खत्रीसहित जिल्ला समन्वय समिति बाजुराका सदस्य मोहनसिंह कार्की, स्थानीय धर्मराज पाध्याय, तुलसी देवकोटा, मोहन राज गिरी, राम लाल देवकोटा, पुष्प देवकोटा, टेकेन्द्र नेपाली र ओमजंग आउजी रहेका छन्। उनीहरूलाई बिहीबार जरिवाना तिराएर छोडिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धबसिंह भाटले जानकारी दिए।

‘बजारमा होहल्ला गरेपछि हामीले पक्राउ गरेका हौँ’ उनले भने, ‘आज बिहान जरिवाना तिराएर सबैलाई छोडिसकेका छौँ।’

पत्रकारमाथि कुटपिट गर्ने दुई जना नियन्त्रणमा 

बाजुराको बुढी नन्दा नगरपालिका ५ कोल्टीका पत्रकारलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाजुराको स्थानीय रेडियो बुडिनन्दामा कार्यरत पत्रकार महेश कार्कीमाथि कुटपिट गर्ने जय स्थिति मल्ल र नृप मल्ललाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको हो। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको छ।

‘दुवै जनालाई पक्राउ गरिसकेका छौँ’ बाजुरा प्रहरीका प्रमुख भाटले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौँ।’ घाइतेको कार्कीको स्थानीय कोल्टी प्राथमिक स्वास्थ्यमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.