|

काठमाडौं : बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले हरेक क्षेत्रमा पुरुषजत्तिकै महिलाको सहभागीता बढाउन अझै संघर्षको खाँचो रहेको बताएकी छिन्। बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले ललितपुरमा बिहीबारदेखि सुरु गरेको दुईदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेकी हुन्।

महिलालाई राज्यको हरेक निकायमा समान सहभागिता गराउन सके मात्र महिलाको अधिकारको सम्मान हुने उनको भनाइ थियो। संविधानको मौलिक हकमा महिलालाई अंश र वंशको समान हक प्रदान गरेको उल्लेख गर्दै उनले अब सहभागिताको सन्दर्भमा पनि समान व्यवस्था कायम गर्नुपर्ने आवश्यकता रहेको मन्त्री थापाले बताइन्।

मन्त्री थापाले २०६२/०६३ को परिवर्तनपछि महिला अधिकारको सवालमा उपलब्धि हात पर्दै गएको भन्दै अब हरेक क्षेत्रमा समान सहभागिताका लागि अन्तिम संघर्षको खाँचो रहेको उनले प्रष्ट पारिन्। २०७४ मा भएको चुनावबाट झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व निर्वाचित हुनु संघर्षकै प्रतिफल रहेको पनि उनले बताइन्।

दुई दिनसम्म चल्ने कार्यशालामा विभिन्न विषयमा छलफल हुनेछ। महिला र वातावरण, महिला शिक्षा र तालिम, महिला र गरिबी, महिला र संस्थागत संयन्त्रलगायतमा विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.