|
Purbeli News

काठमाडौं : दुई महिनादेखि लोडसेडिङ अन्त्य भएको काठमाडौं उपत्यकामा सोमबार साँझ करिब एक घण्टा विजुली गयो। क्रमिक रुपमा देशैभर लोडसेडिङ अन्त्य गर्ने अभियानमा नेपाल विद्युत प्राधिकरण लागिरहेको समयमा सोमबार बत्ती गएपछि के लोडसेडिङ हुन थालेको हो? सबैको चासो बढ्यो।

तर सोमबार काठमाडौं मात्रै नभइ देशैभर विद्युतमा समस्या देखिएको थियो। खासमा लोडसेडिङ सुरु भएको होइन, प्राविधिक गडबडीका कारण मात्र विद्युत अनियमित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

'मध्य मर्स्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको प्रशारण लाइनमा समस्या आएका कारण राष्ट्रिय प्रसारण प्रणालीको पूरै ग्रिड केही बेर ब्ल्याकआउट हुन पुगेको हो' प्राधिकरणका सहायक इन्जिनियर खगेन्द्र शाहीले थाहाखबरसँग भने।

सामान्तय सिस्टममा खराब हुँदा दुई अढाइ घण्टासम्म विद्युत प्रभावित हुने गरेकोमा सोमबार भने एक घण्टाको अवधिमा नै विद्युत आपूर्ति भएको शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.