|

काठमाडौं : आगामी कार्तिक १९ गते ‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने भएको छ।

इन्डोनेशियामा जारी ३४औँ व्यापार मेलामा बिहीबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराइएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–इण्डोनेसिया बिजेनश फोरकमा बैठकमा दुवै देशका व्यवसायी, उद्योगी, आयात-निर्यातकर्ताको सहभागिता हुनेछ।

इन्डोनेशियामा हाम्रा संवाददातासँग कुरा गर्दै नेपालका लागि इण्डोनेसियाका राजदूत रीना सोमेरानोले काठमाडौंमा हुने बैठकले नेपाल र इण्डोनेसियाका व्यवसायीलाई व्यापारिक साझेदारी र लगानीका लागि ढोका खुल्ने बताइन्।

नेपालबाट मेलामा सहभागी हुन गएका आइएमइ ग्रुपका उपेन्द्र घिमिरेले खाद्यवस्तु, तयारी कपडा, चिया, कफी, इलेक्ट्रिक सवारी साधन उत्पादन गर्ने उद्योग व्यवसायीहरु काठमाडौंमा हुने बैठकमा सहभागी हुन आउने बताए।

कार्यक्रममा सहभागी इण्डोनेसियाली व्यवसायीहरू  नेपालमा लगानी गर्न इच्छुक देखिएका छन्। पछिल्लो समय इण्डोनेसियामा नेपालीहरू पर्यटकको रूपमा घुम्न जाने क्रम बाक्लिएसँगै व्यवसायीहरूको नेपालप्रतिको चासो बढेको हो।

नेपाल र इण्डोनेसियाबीचको सम्बन्धमा नेपाल भन्दा इण्डोनेसिया एक कदम अगाडि देखिन्छ। इण्डोनेसियाले नेपाली राहदानीबाहकलाई अन अराइभल भिसा निःशुल्क दिँदै आएको छ। नेपालले अन अराइभल भिसा दिए पनि शुल्क लिने गरेको छ। एशियामा उदाउँदो अर्थतन्त्र भएको इण्डोनेसिया (जी२०) राष्ट्रहरूको फोरममा आशियान मुलुकहरू मध्ये एक्लो हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.