|

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचनमा २३ सय ४० मत खसेको छ। कुल २५ सय ७० मतदातामध्ये करिब २ सय ३० मतदानको बेला अनुपस्थित थिए।

खसेको मतमध्ये अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २ सय ११ मत खसेको छ भने अफ्रिकाबाट १६ मत, एशिया प्यासिफिकबाट ४ सय ६२, मध्यपूर्वबाट ४ सय ७०, युरोपबाट ९ सय २० र अमेरिकाज क्षेत्रबाट २ सय ६१ मत खसेको थियो।

प्राविधिक गडबडीका कारण भन्दै बुधबार साँझ मतदान स्थगित गरिएको थियो। बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान तीन बजेसम्म तोकिए पनि पानी परेका कारण छ बजेसम्म मतदान गरेका थिए।

एनआरएनएको निर्वाचन गराउन खटिएका प्रमुख निर्वाचन आयुक्त शिवप्रसाद रिजालले भने, 'शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। हामी कतिबेला कसरी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्छौं र त्यसपछि मतगणना सुरु गरिहाल्ने तयारी छ।'

कुल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवरी दिएका थिए। त्यसमध्ये केही पदमा निर्विरोधसमेत भयो। अध्यक्ष पदमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो भने सबैभन्दा बढी उम्मेद्वार उपाध्यक्ष पदमा रहेको छ। कुल ४ पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनका कारण अधिवेशनको समय लम्बिएपछि निर्धारित समापन समारोह स्थगित गरिएको छ। यद्यपि आधिकारिक रूपमा कुनै पनि एनआरएनए पदाधिकारीले बोलेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको थियो।

उम्मेदवारी दिनका लागि महँगो शुल्क लिएको भन्दै केही उम्मेदवारले आपत्ति जनाएका थिए। अध्यक्ष पदका लागि १० लाख शुल्क तोकिएको थियो भने अन्य पदमा पनि महँगो नै शुल्क देखिन्थ्यो। एनआरएनएको आर्थिक प्रतिवेदन यस अधिवेशनबाट अस्वीकृत भएको छ। एक महिनाभित्र विशेष अधिवेशन गरी पारित गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.