|

काठमाडौं :  बैंक तथ वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसदले बहुमतले पारित गरेको छ। मंगलबार बसेको संसद बैठकले ऐन पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो। नेपाल मजदुर किसान पार्टीले भने प्रस्तावको विपक्षमा मत व्यक्त गरेको छ।

ऐनले पुँजीपति वर्गकै हितमा काम गर्ने देखिएकाले  त्यसलाई नसच्याएसम्म समर्थन गर्न नसकिने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताए।

'संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गरेको छ तर पुँजीपति वर्गकै हित हुने केही प्रावधानहरु छन्। त्यसलाई नसच्याएरसम्म समर्थन गर्न सकिदैन' छलफलमा भाग लिँदै उनले भने।  

ऐनले संवैधानिक निकायका पदाधिकारी र सांसदहरु बैंकको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको छ। यसअघि सांसदहरु पनि बैंक सञ्चालक बन्न पाउने व्यवस्था राखिएकोमा अर्थ समितिले छलफल गरी संशोधन गरी संसदमा पठाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.