म्याग्दी : जिल्लाको बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १६ हजार मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ।
गत असोज ४ गते राति आएको बाढीले विस्थापित भएकालाई बिहीबार एक कार्यक्रमको आयोजना गरी सहकारी संस्थाका सदस्यहरुले राहत सामग्री हस्तान्तरण गरेका हुन्।
सहकारी संस्थाकी अध्यक्ष कल्पना जिसी,सचिव उमा शर्मा,सदस्य लक्ष्मी थापा, पवित्रा कार्की लगाएत संस्थाका पदाधिकारीले बाढी पीडित दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार र अनिता परियार र सेते किसानलाई प्रतिव्यक्ति एक बोरा चामल, एक प्याग लुगाधुने सावुन, एक किलो दाल र एक किलो नुन राहत स्वरुप प्रदान गरेका हुन्।
बाढीबाट विस्थापितलाई राहत सहयोग भइरहे पनि पुन स्थापनाको अझै टुंगो लागेको छैन। पूर्ण रुपमा विस्थापित दुई परिवार अहिले पनि सरस्वती आधारभूत विद्यालयको कोठामा बसेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।