|

रौतहट : रौतहटको पिपर भलोहियामा ट्याक्टर पल्टिदा मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ। ना २ त ८४१२ नम्बरको ट्याक्टर भलोहियादेखि धर्मपुर जाँदै गर्दा करबोलमा गिटी लिएर जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको थियो। 

ट्याक्टरमा सवार दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरका सवार भलोहिया २ का १९ वर्षीय दिलिप महतो र ट्याक्टर चालक पिपरा १ का ३० वर्षीय देवेन्द्र तिवारीको दुर्घटनामा मृत्यु भएको हो। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गंगा पिपराका ट्याक्टर नियन्त्रणमा लिएको र मृत्यु भएकाहरुको शव पोस्टमाटमका लागि गौर अस्पताल लगिएको रौतहटका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.