समाज : सुरक्षा/अपराध

छोरीलाई जबरजस्ती गर्न खोज्ने बाबु पक्राउ

कात्तिक १, २०७६

    गुल्मी : छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा इस्मा गाउँपालिका–४ दोहोलीमा एकजना पक्राउ परेका छन्।

    १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा ४१ वर्षीय बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । ती व्यक्तिले गत असोज २९ गते साँझ मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई बलात्कार गर्न खोजेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। पीडितकी आमाले प्रहरीमा जायरी दिएकी हुन्। 

    पक्राउ परेका पुरुषलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीबाट आएका ती पुरुषले मदिरा सेवन गरेर छोरीलाई बलात्कार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]