अर्थ

खाद्य संस्थानले जुम्लाबाट ४ सय ५० क्वीन्टल सिमी किन्ने
SHARES

पुस २६, २०७३

    जुम्ला : नेपाल खाद्य संस्थानले आइतबारदेखि जुम्लामा सिमी र फापर संकलन गर्न सुरु गरेको छ। जिल्लाका सिमी र फापर संकलन गरेर काठमाडौंमा बिक्री गर्ने उद्देश्यले खाद्य संस्थानले जुम्लामा स्थानीय उत्पादन संकलन सुरु गरेको हो। कार्यालयले यसवर्ष जुम्लामा ८० क्वीन्टल फापर र ४५० क्वीन्टल सिमी खरिद गर्ने जनाएको छ।

    एक क्वीन्टलको ११ हजार रुपैयाँका दरले ४९ लाख ५० हजार रुपैयाँको सिमी र एक क्वीन्टलको ८ हजारका दरले ८० क्वीन्टलको ६ लाख ४० हजार रुपैयाँको फापर खरिद गर्न लागिएको यहाँका शाखा प्रमुख रणबहादुर ऐरले जानकारी दिए। उनले फापर ८० क्वीन्टल खरिद भइसकेको तर सिमी अहिलेसम्म ७ क्वीन्टल मात्र खरिद भएको बताए।

    'यसअघि नै व्यापारीहरुले किसानलाई चामल दिएर घरबाटै ट्याक्टरमा  सिमी लिइसकेकोले यसको संकलनमा कमी आएको हो'  उनले भने। संस्थानले दिने भन्दा व्यापारीले किसानलाई बढी मुल्य दिएकाले गाउँमा सिमीको बिक्री भइसकेको छ। 'लक्ष्य राखे अनुसारको कोटा पूर्ति नहुन पनि सक्छ' शाखा प्रमुख ऐरले भने। फापर भने गत वर्षकै खपत नभएकोले यसवर्ष कम मात्र खरिद गरिएको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]