बुद्ध एयरविरुद्ध संघर्ष थाल्ने

|

जनकपुरधाम : जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड अभियोगमा पक्राउ परेर रिहा भएका राष्ट्रिय जनता पार्टी नेपालका संघीय सांसद प्रमोद साहले आफू मधेसी भएकै कारण राज्यले मुद्दा चलाएको बताएका छन्।

रिहालगत्तै जानकी मन्दिरमा पूजापाठ गर्न पुगेका सांसद साहले मधेसीको छोरो र मधेसी दलको सांसद भएकै कारण आफूमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाइएको बताए। ‘ममाथि जुन मुद्दा चलाइएको छ, त्यो कानून बनेको ६१ वर्ष बित्यो। तर देशमा तोडफोडका कयौं घटना हुँदा पनि यो मुद्दा चलाइएको थिएन,’ उनले भने।  

उनीविरुद्ध नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता गरेको छ। यो मुद्दामा ठोषी ठहर भए ५ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ। सांसद साहले जटिल मुद्दा दर्ता भए पनि अदालतले सम्मानजनक निर्णय गरेको बताए।

सांसद साहले तोडफोड र कर्मचारीमाथिको दुव्र्यवहारलाई बुद्ध एयरको बदमासीविरुद्धको कदम भएको बताए। उनले विमान ढिलो हुँदा छटपटाइरहेका विरामीका लागि आवाज उठाउँदा पक्राउ परेको उल्लेख गरे। 

जनताले पीडा भोगिरहँदा आवाज उठाएपछि सार्वजनिक मुद्दा लगाउन नमिल्ने ठाउँमा आफूमाथि जघन्य अपराध गरेको मुद्दा लगाइएको बताए।

बुद्ध एयरले चरम लापरबाही गरिरहेको भन्दै बुद्ध एयरसहितविरुद्ध संघर्ष गर्ने चेतावनी उनले दिएका छन्। ‘बुद्ध एयरले यात्रुको समस्या बुझ्ने गरेका छैन। उडानको निश्चित हुँदैन’, उनले भने, ‘तर अर्को उडानका लागि टिकट काट्ने गर्छ। यस्तो लापरबाहीविरुद्ध अब संघर्ष गर्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.