|

दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा टेबुल भएको संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन्।

गृहनगर दमकमा आकाशे पुलको उद्घाटन गर्दै ओलीले चुनाव सम्बन्धी विधेयक पास गर्नका लागि मात्रै संसदको अवरोध हटाएको स्पष्ट पारे।‘ धेरै जालझेल, कचक र षड्यन्त्र गरे त्यसैले मैले अवरोध हटाएको हुँ, तर राष्ट्रहित विपरित ल्याइएको संशोधन प्रस्ताव कुनै हालतमा पास हुन दिन्न।'

हिमाल, पहाड र तराईमा मिलेर बसेका जनतालाई संविधान संशोधन गरेर अलग्यांउन खोजेको ओलीले आरोप लगाए। ‘ नेपाल बहुजाति, बहुभाषी भएको मुलुक हो, हिमाल, पहाड र तराई अलग्याउने कुरा त कल्पना सम्म गर्न सकिन्न’ उनले भने।  

ओलीले पाँच नम्बर प्रदेशलाई पहिला टुक्रयाउने र एक नम्बरलाई पनि टुक्रयाउने नियतका साथ सरकार र मधेशवादी दल अघि बढेको आरोप लगाए।

उनले तत्काल तीनवटै तहको निर्वाचन गरेर संविधानको कार्यन्वयन तर्फ लाग्नु पर्ने बताए। ‘निर्वाचन जरुरी छ, सरका राष्ट्र हित विपरित सञ्चालन हुदैछ, चुनावमा उनीहरुको हालत देखिन्छ, त्यस पछि एमालेले सरकार सञ्चालन गर्छ, विकास निर्माणको कामले गति लिन्छ।'

फरक प्रशंगमा उहाँले काडमाडौंमा लोडसेडिङ अन्त्य हुनुमा अहिलेको सरकारको कुनै योगदान नरहेको ओलीले दावी गरे। ‘एकै पटक नयाँ सरकार आउने बित्तिकै लोडसेडिङ अन्त्य हुने होइन, यसमा निरन्तर काम गर्नुपर्छ, यो मेरै सरकारको पालाको योजना  हो’ उनले भने।

उनले नेपालमा रेलमार्ग निर्माण गर्ने, हावाबाट विजुली निकाल्ने समेत बताए। ‘नेपालमा रेल ल्याइन्छ, हावाबाट विजुली निकालिन्छ, पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाइन्छ, यसको नेतृत्व एमालेले गर्छ’ ओलीले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.