|

म्याग्दी :  म्याग्दीको बेनी नगरपालिका ९ तीनमान्यकी एक गर्भवती महिला उच्च रक्तचापका कारण सिकिस्त विरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ।

पाँच महिनाकी गर्भवती सुनिता सुबेदीको प्रभु हेलिकोप्टरबाट उद्धार गरिएको हो। बिहीबारदेखि रक्तचापका कारण शुक्रबार बिहान सुबेदीलाई थप उपचारका लागि पोखरा पठाइएको हो।

नेपाल सरकारले गर्भवती महिलालाई समस्या परेमा तत्कालै हेलिकोप्टरमार्फत निशुल्क उद्धार गर्ने बताए पनि सुबेदीको परिवारले १ लाखभन्दा बढी रकम तिरेर हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगेका छन्। उच्च रक्तचापका कारण गर्भवती महिलाको अवस्था स्थानीय रामप्रसाद सुबेदीमार्फत सरकारबाट निशुल्क हेलिकोप्टरको पहल गरे पनि सफल नभएपछि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीमार्फत तत्कालै हेलिकोप्टर मगाएर उद्धार गरिएको थियो।

‘पाँच महिनाको गर्भवतीलाई निशुल्क हुँदैन भनेपछि शुल्क तिरेरै भए पनि उद्धार गरियो’ एक स्थानीयले भने। उनका अनुसार उच्च रक्तचापका कारण स्वास्थ्य जटिल भएको जानकारीलगत्तै घोरेपानी जान लागेको हेलिकोप्टरलाई उद्धारका लागि अनुरोध गरेको अध्यक्ष जिसीले बताए।

‘उहाँले जानकारी गराएलगत्तै अर्को ठाउँमा जान लागेको हेलिकोप्टरलाई उद्धारमा ल्याए,‘खर्च भए पनि ज्यानको सुरक्षा समयमै गर्न सफल भयौं’ जिसीले भने।

 जिसीका अनुसार गर्भवती महिलालाई सडकबाट ल्याउँदा जोखिम हुने भएकाले बेनीमा ल्याण्ड गरेर आफूले हेलिकोप्टरमार्फत तोरिपानीमा पुगेर उद्धार गरिएको बताए। छटपटाइकी सुबेदीको समयमै उद्धार गरिएको उनका श्रीमान अर्जुन सुबेदीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.