|

सिन्धुपाल्चोक : ‘सामाजिक न्याय र समन्नतीका लागि भूमिमा अधिकार’ भन्‍ने नाराका साथ सिन्धुपाल्चोकमा मार्चपास गरिएको छ। सिन्धुपाल्चोक जिल्ला भूमि अधिकार मञ्चको आयोजनामा पुनर्निमाण भुमिकाका सवालमा जनसभा (जनमार्च) गरिएको हो।

पुस्तौदेखि जोतखोत गर्दै आएको गुठी, बिर्ता र बेदर्तावाल मोही समस्या हल गर्नुपिर्ने, जोताहाको नाममा धनी पुर्जा दिई स्थानीय आवास निर्माणमा सहज वातावरण बनाउनपर्ने लगायतका माग मार्चपासका सहभागिहरुले राखेका छन्।

भूकम्पबाट जोखिमयुक्त ठाउँमा रहेका बाढीपीडित, विस्थापीतहरुलाई उपयुक्त ठाउँमा तत्काल पुर्नर्वासको व्यवस्था गर्नुपर्ने, गरिब, सुकुम्बासी, अव्यवस्थित बसोबास गर्नेहरुलाई घडेरीसहित सरल र छिटो प्रक्रियाबाट आवास अनुदान दिनुपर्ने उनीहरुको माग छ। आवास अनुदानबाट बञ्चित गुनासो उपर यथाशीघ्र छानविन गरी वास्तविक पीडितलाई ततकाल अनुदान दिनुपर्ने लगायतका माग सहभागिहरुको छ।

जिल्ला भूमि अधिकार मञ्चका कार्यक्रम संयोजक माधव ढकालका अनुसार सिन्धुपाल्चोक जिल्लामा करिब १४ हजार पीडित परिवारको गुनासो दर्ता भएको छ। ११ हजार १ सय ४८ पुर्जा विहिन गुठी जग्गा कमाउने परिवार, करिब ७ हजारको संख्यामा मोही (अर्काको जग्गा कमाउनेहरु) र भूकम्प बाढी पहिरोले थाकथलो गुमाएका करिब ३ सय ४५ सुकुम्बासी परिवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.