दुई महिनामा चीनबाट साढे चार करोडको तास आयात

|
फाइल फोटो

काठमाडौं :  दुई ठूला राष्ट्र चीन र संयुक्त राज्य अमेरिकासहित चार राष्ट्रसँग नेपालले तासको व्यापार गर्ने गरेको देखिएको छ। चालू आर्थिक वर्षको दुई महिना नेपालले चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट तास भित्र्याएको छ।

दशैं तिहारको समयमा तासको माग बढी हुने गरेको व्यपारीहरूले बताउने गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौ महिनामा मात्रै ३३ लाख ४१ हजार २०६ वटा बट्टा तास आयात भएको छ।

नेपालमा सबैभन्दा बढी तास छिमेकी देश चीनले पठाएको छ। चीनले साउन र भदौ महिनामा २९ लाख ६ हजार १४१ बटा तास नेपालमा पठाएको छ। जसको मूल्य चार करोड ४२ लाख २४ हजार रुपैयाँ पर्छ।

त्यस्तै, अर्को छिमेकी देश भारतबाट नेपालले दुई महिनाको अवधिमा चार लाख ३५ हजार ५८ बट्टा तास आयात गरेको छ। जसको मूल्य ३१ लाख पाँच हजार रुपैयाँ रहेको छ। यसबाहेक संयुक्त राज्य अमेरिका र थाइल्याण्डबाट एक/एक बट्टा तास आयात भएको छ।

तासको व्यापारबाट नेपालले दुई करोड ५५ लाख रुपैयाँ बराबरको राजस्व उठाएको छ। जसमा चीनबाट आयात भएको तासबाट मात्रै दुई करोड ४० लाख रुपैयाँको राजस्व उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.