|

हेटौैंडा : विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले भेलाले ‘नो वर्क नो पे, तथा हायर एण्ड फायर’ नीति आफ्नो संगठनलाइ स्विकार्य नहुने जनाएको छ।

महासंघको हेटौडामा भएको राष्ट्रिय कार्यकर्ता भेलाले तत्काल यो नीति सच्याउन सरकारलाई चेतावनी दिएको छ। राष्ट्रिय भेलाको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्रीले मजदुर वर्गको अधिकारलाई कुण्ठित गर्दै सुरु लागु गर्न खोजिएको नीतिले मजदुरको हित नहुने बताए।

भेलाले विशेष आर्थिक क्षेत्र ऐन २०७३ र औद्योगिक व्यवसाय ऐन २०७३ खारेजीको माग गरेको झाँक्रीले बताए। उनले मजदुर विरोधी ऐन नियम खारेजी नभएसम्म आन्दोलन जारी रहने बताए। देशभरका १ सय ३९ जनाको प्रतिनिधित्व रहेको भेलालाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले ‘विप्लव’ ले सम्बोेधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.