प्रधानमन्त्रीले भने - यो राजनीतिक रुपमा टुंग्याउने विषय हो

|

  • नारायण ढुंगाना-

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वी जयन्तीको सरकारी स्तरबाट मनाउने वा नमनाउने भन्ने विषय बहसमै रहेको बताएका छन्। भरतपुर उप–महानगरपालिकाको तेस्रो नगरपरिषदको मंगलबार उद्घाटन गर्दै उनले पृथ्वीजयन्तीमा विदा दिने कि नदिने भन्ने विषय राजनीतिक रुपमा टुंगो लगाउनुपर्ने बताए। ।

उनले मन्त्रिपरिषद बैठकमै पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने कि नदिने भन्ने विषयमा दुई पटक छलफल भएपनि निर्णय नभएको बताए। ‘म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु।’

मधेसी र आदिवासी जनजाति समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा विवाद रहेकाले यसलाई राजनैतिक रुपले टुङ्गो लगाएर मात्र निर्क्यौल गर्नुपर्ने उनले बताए।

उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिकाको भने उनले प्रशंसा गरे। 'यो विषय हाम्रो क्याविनेटमा दुई पटक छलफल गरेका छौं, म भन्न चाहन्छु भने पृथ्वीनारायण शाहले नेपाललाई केन्द्रीकृत राष्ट्र निर्माणका लागि खेलेको भूमिकालाई मैले क्याविनेट बैठकमा पनि भनेको छु, यसलाई सकारात्मक रुपमा लिनुपर्छ' उनले भने 'कुनै पनि इतिहास र इतिहास विकासको नियमप्रति इमान्दार नागरिकले गौरव गर्नुपर्छ। एउटा भुरेटाकुरे राज्यबाट केन्द्रीकृत बलियो समान्ती नै हो, राज्य बन्नु प्रगतिशील कदम नै हो। पछि हटेको कदम होइन। यस अर्थमा पृथ्वी नारायण शाहको भूमिकालाई नकार्ने भन्ने होइन र छैन।'   

शान्ति प्रक्रिया सुरु भएपछि पुरानो सबै चिजलाई नष्ट गर्नु पर्छ र नयाँ निर्माण गर्नु पर्छ भन्ने अलि बढि उन्माद आफ्नै पार्टि भित्र देखिएको स्मरण गर्दै उनले कतै कतै पृथ्वीनारायण शाहाको शालिक ढाल्ने काम भएकोमा आफूले त्यसलाई रोकेको बताए। 

'भर्खरै शान्ति प्रक्रिया भएको थियो। पुराना सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने कतै कतै अलि बढी उन्माद पनि देखिएको थियो। पृथ्वीनारायण शाहको ठाउँ ठाउँमा शालिक ढाल्ने कुराहरु मसँग समर्थित र मैले समर्थन गर्ने पार्टीका कार्यकर्ताले गरेको सन्दर्भमा मैले कडा निर्देशन दिएर यसो गर्नु विल्कुल गलत हुन्छ। यो इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर हुन्छ  इतिहास विकासको क्रमलाई इन्कार गर्नु हुन्छ भनेर रोकेको कुरा म यहाँहरु राख्न चाहन्छु' प्रधानमन्त्री प्रचण्डले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.