|

जुम्ला : जुम्लाको कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले  म्याद गएको भन्दै खोलामा औषधी फालेको भेटिएको छ। आ.व २०७५/०७६को बार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडीकल स्टोर र जिल्ला अस्पताल जुम्लाबाट गाँउपालिकामा ल्याएको लाखै मूल्य बराबरको औषधी समयमा गाँउपालिका स्वास्थ्य शाखले गाँउँपालिका भरिका स्वास्थ्य सस्थालाई वितरण नगर्दा औषधीको म्याद सकिएको हो।

कनकासुन्दरी गाँउपालिका नजिकै रहेकाे  खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रुफिन, स्लाइनपानीका निडल, पाईप, सुईका निडल, जीवनजल, एन्थर २५०, एभसम, अस्थाई बन्ध्याकरणका सामान कन्डम पिल्सलगायत सयाैं थरि औषधी १० बटा बोरामा हालेर खोलामा फलिएको छ। खोलामा फालिएका अन्य औषधी खोलाको किनारमा जलाए र नस्ट गरेका  छन्। 

स्वास्थ्य संस्थामा औषधी अभाव 

कनकासुन्दरी गाँउपालिका भर रहेका स्थास्थ्य सस्थामा औषधीको अभाव हुदा स्थानियबासीन्दाहरु बिरामी पर्दा निजी मेडिकलबाट औषधी किन्ने बाध्य भएका छन्।

गोठिज्यूला, नरकोट, कोटघर, गोच्चौरमा रहेका निजी मेडीकलमा चर्को मूल्य तिरेर औषधी गर्नु परेको स्थानियहरुको गुनासोे छ।  स्थानियका अनुसार स्वास्थ्य सस्थामा उपचार गर्न जाँदा कहिले अहेब त कहिले अन्य कर्मचारीहरु पनि भेँटीदैनन् कर्मचारी भेटिए पनि औषधी छैन भन्छन् हामी अन्तै उपचार गर्न जान्छौं।
औषधी पाइएन भन्दा उल्टै स्वास्थ्यकर्मीले गाली गरेर पठाउने गरेको उनीहरुको गुनासो छ। 'हामी गरिबलाई निकै गार्हो  भएको छ जस्तो व्यवस्था आएपनि कुनै सुविधा पाइएन्' कनकासुन्दरी गाँउपालिका ६ का धन वडले बताए। 
 
कनका सुन्दरी गाँउपालिका भित्रका  ५ वटा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य सस्थामा औषधीको अभाव रहेको छ। उक्त गाँउपालिकाले लाखौं मूल्य बरावरको औषधी व्यवारिसे रूपमामा खोलामा किन फालेको हो?  स्वास्थ्य सस्थामा औषधीको किन अभाव भएको हो भनि कनका सुन्दरी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटासँग बुझ्दा  स्वास्थ्य शाखाबाट आएको फोहोर जलाएको  बताए। उनले भने  ‘एक पटक जिल्ला अस्पतालबाट आएको र क्षेत्रीय मेडिकल नेपालगञ्जबाट पठाएको औषधीको म्याद थोरै भएको र सोही औषधीको म्याद गएर खोलामा फालिएको हुन सक्ने उनले बताए।

पालिकामा औषधी अभाव नभएको उनको दाबी छ।  गाँउपालिका भित्र रहेका स्वास्थ्य सस्थामा केही  मात्रामा औषधी  अभाव  हुन सक्ने र सबै स्वास्थ्य सस्थामा  औषध्री  रहेको   बताए।  सापकोछाले गर्त आर्थिक वर्षमा गाँउपालिले  ६ लाख बराबरको औषधी खरीद गरेको  बताए। उनकाअनुसार  केही वडा कार्यालयबाट औषधी खरीद गररे खोलामा फालिएको ठूलो परिमाणको औषधीको बारेमा तत्काल बुझेर  ब्यावस्थापन गर्न लगाउने स्वास्थ्य शाखा प्रमुख दामोदर आर्चायले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.