|

सिन्धुपाल्चोक :  लामोसाघु जिरी सडक सुधार आयोजनामा कार्यरत एक जना कामदारको हत्या भएको छ । 

सडकखण्डमा कर्यरत जेसिभी चालक बाह्वबिसे नगरपालिका ३ का जीवन थापाको भएको अवस्था शव फेला परेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। 

हत्या गरेर मल खाडीमा गाडेको अबस्थामा फेला उनको शव फेला परेको उनको भनाइ छ। लामोसाघु जिरी सडक खण्डको ४ किलोमा उनको शव फेला परेको प्रहरीले जनायो।  प्रहरी घटना स्थलमा पुगेको छ। प्रहरीले घटनास्थल र शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

केही दिनपहिले पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकामा एक जनाको हत्या भएको थियो। सो हत्यामा संलग्न अझै पत्ता लगाउन सकेको छैन। प्रहरीले अनुसन्धान भैरहेको बताउदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.