|
फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरेकी छन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ। 

राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारका धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन  थिन र म्यानमारका लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरे। जापानी सम्राट् नरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

यसअघि जापानी समाचार संस्था क्योदो र एन एच के ले तत्कालका लागि राज्याभिषेकको कार्यक्रम रोकिएर नोभेम्बर १० अर्थात कात्तिक २४ का लागि सरेको समाचार आएपछि भ्रमण बारे अन्योल उत्पन्न भएको थियो । तर यस सम्बन्धमा आधिकारीक जानकारी नआएपछि भ्रमण कार्यक्रममा कुनै फेरबदल नगरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.