|
फाइल फोटो

काठमाडौं :  कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान, असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु जाने भएका छन् ।

प्रधानमन्त्री ओली नाम सम्मेलनमा भाग लिन यहि कार्तिक ७ गते विहिबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। कार्त्तिक ८ देखि ९ सम्म चल्ने शिखर बैठकमा नामका १२५ सदस्य राष्ट्रसहितको सहभागिता हुने भएको छ ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च पदस्थ अधिकारी सहभगी हुदै छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले केहि उच्च स्तरीय भेटघाट समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।    आफ्नो स्वतन्त्र पहिचान, विचार र नीतिको अडान राखेर एकताबद्ध भएका मुलुकहरुले सन् १९६१ मा असंलग्नता आन्दोलन (नाम) सुरु गरेका हुन्।

असंलग्न आन्दोलनले पंचशिलका अहस्तक्षेप, अनाक्रमण, शान्तिपूर्ण सहअस्तित्व, एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान जनाउने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.