|

काठमाडौं : भझवपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ। उनीसँगै रहेकी अर्की एकजना गम्भीर घाइते भएकी छिन्।

षडानन्द नगरपालिका १ नेपालेडाँडामा भएको भलिवल प्रतियोगिता हेरेर घर फर्किंदै गरेको अवस्थामा वडा नम्वर–३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो।

उनीहरु शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओपंखा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

भलिवल प्रतियोगिता हेरेर फर्किंदै गरेका मृतक कल्पना राई र घाईते १८ वर्षिया नविना राईमाथि अज्ञात व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग गरेको थियो। मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो भने घाईते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। 

घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले हत्या अभियोगमा षडानन्द नगरपालिका ३ का  २१ वर्षिय प्रदिप बस्नेतलाई प्रहरीले प्रक्राउ गरेको छ। उनलाई प्रक्राउ गरी भोजपुर ल्याउने काम भैरहेको आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरवहादुर सलामी मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.