|

काठमाडौं : दोलखाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्। 

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले काटेको पक्राउ पुर्जी काटेपछि उपस्थित भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। 

गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने भएको छ। अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो। तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ। 

दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो। यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ। 

२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। 

सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका छन्।  

यो पनि : ज्यान मार्ने उद्योगमा नेकपा सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.