|

रौतहट : बम विस्फोटमा परेर घाइतेसहित २३ जनालाई इँटा भट्टामा जिउँदै हालेर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद आफताव आलम थप पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन्। 

पहिलो पटक थपिएको म्याद सकिएपछि आइतवार पेश गरिएकोमा जिल्ला अदालत रौतहटले उनलाई थप पाँच दिन हिरासतमै राख्ने अनुमति दिएको हो। 

पूर्वमन्त्रीसमेत रहेका आलमविरुद्ध पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोग लागेको छ । 

इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समुहले ज्यान लिन सक्ने भन्दै त्रस्त रहेका बेला अदालतले थप अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका-४ (साविक राजपुर-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते भएका यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा-४) का त्रिलोक प्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेसका संघीय सांसद आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.