|

काठमाडौं : गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वले नेकपाको केन्द्रीय नेतृत्वसँग भेट गरेको छ । आइतबार  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालकहाँ पुगेको एनआरएनएका कुमार पन्त सहितको टोलीले नेपालमा लगानी र विदेशमा रहेका नेपाली समुदायका समश्या माथि छलफल गरेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नयाँ बानेश्वरस्थित होटेल अर्यालमा आयोजित सो समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तसहितको टोलीलाई बधाई दिए। 

एनआरएनए विश्व समन्वय परिषद्को ९ औं सम्मेलनबाट निर्वाचित अध्यक्ष पन्तसहितको टोलीलाई नेता नेपालले विदेश विभागको तर्फबाट बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। 

त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष पन्तले बधाई तथा शुभकामनाका ग्रहण गर्दै आफ्ना केही प्रतिबध्दता राखेका थिए। पूर्वप्रधानमन्त्री नेपालले एनआरएनको कामका विविध क्षेत्रहरू उल्लेख गर्दै बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.