ट्याक्टरमा घाइते ओसारेको प्रमाण भेटियो : सरकारी वकिल

|

रौतहट : रौतहटको राजपुरमा बम विस्फोट आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका  नेता तथा पूर्वमन्त्री अफताब आलमले घटना नघटेको बताएका छन्। आज आइतबार जिल्ला अदालतमा थुनछेकको बहसको लागि जिल्ला अदालत पुगेका आलमले यस्तो बताएका हुन्।

आफूलाई षड्यन्त्र गरेर फसाइएको उनले बताए। घटना नघटेको कारणले तत्कालीन समयमा अदालतले मुद्दा नचल्ने आदेश दिएको आलमले बताए।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो। तर महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो।

घाइते ओसारेको ट्याक्टर नम्बर खुलिसक्यो

यता, सरकारी कार्यालयका वकिल खडिन्द्र राज कटुवालले बम विस्फोट भएपछि घाइतेहरुलाई ओसारेर इँटा भट्टासम्म ओर्साने ट्याक्टर नम्बर खुलेको बताएका छन्। त्यस टेक्टरको कसको हो र त्यसबारे अनुसन्धान गर्नका लागि पनि म्याद थप्नुपर्ने वकिल कटुवालले बताए।

आलमलाई गत असोज २५ गते राजपुर गौरको शेख इद्रिस गेटबाट प्रहरीले  पक्राउ गरेका थिए। अनुसन्धानको लागि आलमलाई यसअघि ७ दिन म्याद थपिएको थियो।

आज फेरि जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको इजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो। पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ।

आलमको तर्फबाट अदालतमा उपस्थित ८ भन्दा धेरै कानून व्यवसायीहरुले थुनामा राख्नु नपर्ने तर्क गरेका थिए। आलमले २७ भन्दा बढी कानुन व्‍यवसायीलाई बहस गर्नको लागि नियुक्ति गरेको समेत चर्चा छ। पूर्वमन्त्री आलमलाई थुनुवा कक्षबाट जिल्ला अदालत लैजाँदै गर्दा आलम सर्मथकहरुले  अदालतबाहिर नाराबाजी गरेका थिए।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साबिक राजपुर गाबिस वाड नं. ४ स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका-४ (साबिक सरुअठा ४) का त्रिलोकप्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई चिम्नी भट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आरोपमा सांसद आलमलाई गत असोज २६ गते पक्राउ गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.