भिडलाई नियन्त्रण लिन अश्रग्यास प्रहार

|
फोटो : विनय देवकोटा

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) मा तोडफोड भएको छ। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित भिडले आइतबार साँझ ५ बजे तोडफोड गरेका हुन्।

नाकको अप्रेसन गर्न सिएमसी गएकी नवलपरासी मध्यबिन्दु नगरपालिका ९ की ३२ वर्षीय आशा ज्ञवालीको उपचारका क्रममा हिजो मृत्यु भएको थियो। ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आइतबार तोडफोड गरेका हुन्।

घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। उनले के कति क्षति भयो भन्नेबारे विवरण संकलन भइनसकेको बताए।

अस्पतालका अनुसारभित्र छलफल चलिरहेको अवस्थामा गएको भिडले मूल गेटको सिसा तोडफोड गरेका छ। तोडफोडपछि भिडलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो। ज्ञवालीको शव अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.