|

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २२ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। प्रहरीले कार्यालय परिषर हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि लागुऔषधसहित पक्राउ परेका राक्सिराङ गाउँपालिका-१ का प्रकाश मोक्तानलाई सार्वजनिक गरेको हो।

राक्सिराङ गाउँपालिका-१ मा रहेको उनको घरबाटै लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको हो। उनले आफ्नो घरमा नै लागुऔषध गाँजालाई लुकाएर राखेको भन्ने सूचना प्रहरीलाई आएपछि आफूहरूले गत कार्तिक १ गते उनको घरमा पुगेर खानतलासी गर्दा सो परिणामको गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.