आक्रोशित भिड र प्रहरीबीच आधा घण्टा घम्साघम्सी

|

कार्तिक ३, चितवन : चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड गर्ने १२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले अस्पताल तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरिएको बताए।

प्रहरीका अनुसार करिब आधा घण्टाभन्दा बढी प्रहरी र आक्रोशित समूहबीच अस्पताल परिसरमा दोहोरो झडप भएको थियो। झडपका क्रममा प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गर्नुपरेको प्रवक्ता कोइरालाले बताए। झडपमा परी पाँचजना प्रहरी घाइते भएको कोइरालाले बताए।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका हुन्। नवलपरासी मध्यबिन्दु नगरपालिका-९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो। नाकको अप्रेसन गर्न अस्पताल पुगकी ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आइतबार साँझ ५ बजे तोडफोड गरेका हुन्।

घटनाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समूहले मुल गेटको सिसा तोडफोड गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.