|
प्रतीकात्मक फोटो

काठमाडौं : सक्कली सुन भन्दै पहेँलो धातु देखाएर ठगी गर्ने ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। सक्कलीजस्तो देखिने एक किलो पहेँलो धातु देखाइ ५० लाखमा बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्नेहरू सिन्धुपाल्चोक बाह्रबिसेका ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णुबहादुर राउत, ३१ वर्षीय नवराज राउत, २३ वर्षीय किरण लामा, रामेछाप दोरम्वा गाउँपालिका घर भएका ३१ वर्षीय रोशन बुढा मगर रहेका छन्।

आइतबार दिउँसो कपन निलोपुलनजिकै उक्त धातु बेच्न ग्राहक खोजिरहेको भन्ने सूचना पाएपछि खटिएको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्रेको हो।

सुन खरिद गर्न ५ लाखसहित खरिदकर्ताले सुन लिन मोलतोल गर्दै गरेको अवस्थामा उक्त नक्कली सुन फेला पारी उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ६ थान मोबाइलसमेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.