|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी मोरङले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा कात्तिक ८ गते शुक्रबार विराटनगरमा शुभकामना आदनप्रदान आयोजना गर्ने भएको छ।

शुभकामना आदनप्रदान कार्यक्रममा पार्टीअध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र स्कूल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुने नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।

पार्टी एकता प्रक्रियाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ। चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि देखापरेको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा आएको फेरबदल आदि विषयमा नेताहरुले प्रशिक्षण दिनुहुने बताइएको छ।

पार्टी एकतापछि तल्लो तहसम्म बिचारमा एकरुपता कायम गर्न जरुरी रहेकोले कार्यक्रममा वडा कमिटीदेखि माथि जिल्लामा रहेका प्रदेश कमिटीसम्मका नेता कार्यकर्ताहरुको सहभागिता रहने बताइएको छ। शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम ५ हजार कार्यकर्ताहरु सहभागी गराउने तयारी रहेको बताइएको छ।

कार्यक्रमलाई भब्य बनाउन पार्टी कमिटी, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, युवा विद्यार्थी सबैलाई आवश्यक भूमिकासहित परिचालन गर्ने पार्टीका मोरङ जिल्ला सहइन्चार्ज गोपी अछामीले बताए। प्रशिक्षणसहितको शुभकामना आदनप्रदान कार्यक्रमको व्यवस्थापन जिल्ला पार्टीले गर्नेछ भने परिचालन बाबुराम कार्कीको संयोजकत्वमा गठित समितिले गर्नेछ।

सबै तह र क्षेत्रबीच पार्टी सचिव गणेश उप्रेती सुशीलको संयोजकत्वको कार्यालय टिमले सूचना प्रवाह र निमन्त्रणा गर्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.