|
प्रतीकात्मक फोटो

दैलेख : दैलेखमा प्रहरीमाथि नै कुटपिट भएको छ। असोज २९ देखि दैलेखको काडाचौरमा संचालन भइरहेको सांस्कृति तथा घरेलु व्यापार मेलाको सुरक्षामा खटिएका प्रहरीमाथि कुटपिट भएको हो।

महोत्सवको द्वारबाहिर दुई समूहबीच विवाद भइरहेको अवस्थामा पुगेका प्रहरीमाथि उक्त समूहले कुटपिट गरेको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। उक्त समूहले आठजना प्रहरीलाई घाइते बनाएको पनि उनले बताए।

उक्त घटनामा सम्लग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाहारकोटका डेनिम थापा, नरेन्द्र प्याकुरेल, सुरेन्द्र तामाङसहित अर्का एकजना रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनामा संलग्न अन्यको खोजी कार्य तीब्र पारिएको प्रहरी प्रमुख वलीले बताए। प्रहरीमाथि हातपात गर्नेहरूलाई सिसिक्यामेराको फुटेजका आधारमा खोजी गरि कार्वाही प्रक्रिया थालनी गर्ने उनले बताए। दुई समूहको झगडाका विषयमा अनुसन्धान भइरहेको पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.