|

काठमाडौं : सेयर लगानीका सहजताको लागि नेपाल धितोपत्र बोर्डले कार्यन्वयनमा ल्याउन थालेको एएसबीए (एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट) प्रणालीको लागि २७ बैक तथा वित्तीय संस्थाले अनुमति पाएका छन्।

यो प्रणाली सुरु भएपछि आवेदकको बैंक खाताबाटै पैसा ब्लक गरिने भएकाले सेयर खरिद गर्दा आवेदन फारम मात्र बुझाउँदा हुन्छ। अहिलेसम्म सेयर आवेदकले आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने नियम छ।

बैंकको चेक जम्मा गर्ने, बाँडफाँट भएपछि सेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने प्रक्रिया लामो र झण्झटिलो भएको भन्दै यस्तो व्यवस्था गर्न लागिएको धितोपत्र बोर्डले जनाएको छ। यो प्रणालीमा भाग लिनको लागि धितो पत्र बोर्डले सार्वजनिक सूचना आह्वान गरेपछि क वर्गका १८ बैंक र ख बर्गका ९ वटा बैंकले निवेदन दिएका थिए। निवेदन दिनेहरुलाई अनुमति दिइएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए।

कुन–कुन बैंकले पाए अनुमति

क्रस

अनुमति पाउने बैंक 'क' वर्ग

शाखा

सेञ्चुरी कमर्सियल बैंक लि.  

३१ शाखा

सन्राइज बैंक लि.    

६७ शाखा

सिटिजन्स् इन्टरनेशनल बैंक लि.    

५८ शाखा

लक्ष्मी बैंक लि.

५९ शाखा

सानिमा बैंक लि.    

४१ शाखा

 

सिद्धार्थ बैंक लि.     

६३ शाखा

एनआईसी एसिया बैंक लि.   

 

८० शाखा

नेपाल बगंलादेश बैंक लि.    

 

३६ शाखा

कुमारी बैंक लि.     

 

३६ शाखा

१०

नेपाल इनभेष्टमेण्ट बैंक लि.  

 

४६ शाखा

११

नेपाल बैंक लि.

 

१२६ शाखा

१२

एनएमबि बैंक लि.   

७१ शाखा

 

१३

मेगा बैंक नेपाल लि.

      ४० शाखा

 

१४

ग्लोवल आईएमई बैंक लि.   

 

९१ शाखा

१५

बैंक अफ काठमाण्डू लुम्विनी लि.    

 

७४ शाखा

१६

प्राइम कमर्सियल बैंक लि.   

 

३१ शाखा

१७

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.   

 

९६ शाखा

१८

सिभिल बैंक लि.     

५१ शाखा

 

 

क्रस

अनुमति पाउने बैंक 'ख' वर्ग

शाखा

कैलाश विकास बैंक लि.

३७ शाखा

 

एस डेभलपमेण्ट बैंक लि.            

१३ शाखा

 

देवः विकास बैंक लि. 

 

३६ शाखा

ओम डेभलपमेण्ट बैंक लि.          

२९ शाखा

 

टुरिजम् डेभलपमेन्ट बैंक लि         

१५ शाखा

 

यती डेभलपमेण्ट बैंक लि.           

२५ शाखा

 

सिद्धार्थ डेभलपमेण्ट बैंक लि.      

३३ शाखा

 

महालक्ष्मी विकास बैंक लि.        

४० शाखा

 

ज्योती विकास बैंक लि.             

२९ शाखा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.