काठमाडौं : राष्ट्रिय जनगणना २०७८ का लागि ५२ हजार बेरोजगार युवाले अवसर पाउने भएका छन्।
केन्द्रीय तथ्यांक विभागले आइतबार राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मुल नारा सार्वजनिक गर्दै राष्ट्रिय जनगणनाका लागि ५२ हजार पाँच सय ४२ जना गणक र सुपरीवेक्षको नयाँ भर्ना गर्ने बताएको हो।
विभाका अनुसार ५४ हजार ४ सय १३ जना जनशक्ति आवश्यक पर्नेमा ४३ हजार २ सय ७७ गणक र ९ हजार ६ सय ६५ सुपरीवेक्षकको नयाँ भर्ना गरिने खबर कारोबार दैनिकमा छ। अन्य दुई हजार जनशक्ति भने सरकारी कर्मचारी नै हुनेछ।
विभागका जनसंख्या निर्देशक ढुण्डीराज लामिछानेले उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका लागि भर्ना गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।